गृहपृष्ठ रुपन्देहीमा विवाह महोत्सव : सीता-राम विवाहको झल्को

रुपन्देहीमा विवाह महोत्सव : सीता-राम विवाहको झल्को

sita_ram7_newskarobar

ब्याण्ड बाजा सहित जन्ती आउँछन् । रुपन्देहीको सियारी गाउँपालिका-२ भगदरीका शुनिल कोहार दुलाहको भेषमा बग्गीमा चढ्छन् । उनी जब मन्चमा जान्छन् तब मायाँदेवी गाउँपालिका-७ अहिरौलीकी अनिता कोहार दुलही बनेर विवाह मञ्चमा जान्छिन् ।

पण्डितले सबै प्रक्रिया पूरा गरेर उनीहरुको विवाह गरिदिन्छन् । जसमा जन्ती थिए पूर्व कृषिमन्त्री तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वर्मा, ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट लगायत । उनीहरु सँगै रहेका आफन्तहरुले आशीष दिन्छन् । दक्षिणा र दाईजो पनि दिन्छन् ।  पूर्ण रुपमा विधि सम्मत रुपमा विवाह सम्पन्न हुन्छ । दुलाहीलाई पुनः डोलीमा राखेर घर लगिन्छ । हेलिकम्टरबाट पुष्प वृष्टि गरिन्छ । जन्तीहरु सुसोभित हुन्छन् ।

बुधबार रुपन्देहीको ओम सतिया गाउँपालिका-३ लौहरौलीमा गरिएको सीता-राम विवाह महोत्सवको झलक हो यो । सुनिल र अनिता साच्चै नै उक्त दिनदेखि विवाह सम्बन्धमा बाँधिएका हुन ।

जनकपुरमा अयोध्याका राम र मिथिलाकी सीताबीचमा विवाह भएकै दिन रुपन्देहीको ऐतिहासिक ओमसतिया गाउँपालिका-३ स्थित राम जानकी मन्दिरमा भव्य विवाह उत्सव मेला सम्पन्न भएको छ ।

प्रकाशित समय २०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु