गृहपृष्ठ विप्लव समूहका प्रवक्ता भन्छन्- विकल्पसहितको संघर्षमा छौं

विप्लव समूहका प्रवक्ता भन्छन्- विकल्पसहितको संघर्षमा छौं

biplab_newskarobar

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले छिट्टै नै क्रान्तिको नयाँ उद्घोष हुने बताएका छन् । क्रान्तिकारी पत्रकार संगठनले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बाहिर भ्रम फिजाए जस्तो आफ्नो पार्टी जनयुद्ध वा शसस्त्र क्रान्तिको पक्षमा नरहेको बताए ।

राज्यपक्षले अनावश्यक मुद्दा लगाउने दुःख दिने र बन्दुकको बलमा आन्दोलन निस्तेज पार्न खोजे आफूहरु चुप नलग्ने उनले बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘राजनीतिक रुपमा एकीकृत जनक्रान्तिमार्फत देशको व्यवस्था परिवर्तन गरेर जनताको सत्ता स्थापना गर्न वैज्ञानिक समाजवादको विकल्पसहित संघर्षमा छौं, राज्यले आतंककारीजस्तै व्यवहार गर्छ, अन्य अपराधिक समूहलाई जस्तै व्यवहार गर्छ भने राज्यसँग लड्न तयार छौं ।’

सरकार कम्युनिस्टको नभएको र कम्युनिस्ट आन्दोलन र पार्टीलाई सिद्धाउन विदेशी प्रतिक्रियावादीले योजनावद्ध रुपमा सरकार बनाएर जनतालाई कम्युनिस्टप्रति भ्रम सिर्जना गर्न खोजेको उनको आरोप थियो ।

प्रकाशित समय १८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु