गृहपृष्ठ प्रधानमन्त्रीले राजपाका नेतालाई भने- एक हप्ता पर्खनुस्

प्रधानमन्त्रीले राजपाका नेतालाई भने- एक हप्ता पर्खनुस्

rajapa_baluatar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका राष्ट्रिय जनता पार्टीका नेताहरूले भेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । लामो समयदेखि सरकारले आफूलाई झुक्याएको बताउँदै आएका राजपा नेताहरू प्रधानमन्त्रीलाई भेटेर फर्कँदा केही सकारात्मक देखिएका हुन् ।

राजपा नेताहरूले प्रधानमन्त्रीले उनीहरूका चासोका विषयलाइर् एक साताभित्र अघि बढाउने अश्वासन दिएको बताएका छन् । जसलाई उनीहरूले ‘महत्वपूर्ण उपलब्धी’का रूपमा लिएका छन् ।

राजपाले सरकार निर्माणताका सरकारलाई समर्थन गरेको भए पनि आफ्ना मागहरू पूरा नभएसम्म सरकारमा सहभागी नहुँने बताउँदै आएको छ । संविधान संशोधन, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता तथा बन्दीहरूको रिहाइ, रेशम चौधरीको सपथ ग्रहणजस्ता मागहरू राख्दै आएको छ ।

यसअघि पटक पटक राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो । प्रधानमन्त्री ओली आफ्ना मागहरूप्रति अनुदार बन्दै गएको राजपाको बुझाइका बीच उनिहरूलाई प्रधानमन्त्रीले भेट्न बोलाएका थिए ।

भेटपछि उनीहरूले आफूहरूको चासोमा प्रधानमन्त्री सकारात्मक पाएको बताए । फेरि भेटेर कुराकानी अघि बढाउने विषयमा पनि सहमति भएको उनीहरूको भनाई थियो । मंगलबार दिउँसो राजपा अध्यक्ष मण्डलको बैठक बस्दैछ ।

प्रकाशित समय १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु