गृहपृष्ठ चार बैंकले मागे तीन सय बढी कर्मचारी
चार बैंकले मागे तीन सय बढी कर्मचारी
विभिन्न चार बैंकले तीन सयभन्दा बढी कर्मचारी माग गरेका छन् । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त वाणिज्य बैंकहरु एभरेस्ट र एसबिआई बैंक तथा ‘ख’ वर्गका ज्योति र गरिमा विकास बैंकले विभिन्न पदका लागि तीन सय बढी कर्मचारी माग गरेका हुन् ।
एभरेष्ट बैंकले केही जुनियर एसिस्टेन्ड माग गरेको छ । संख्या नखुलाए पनि काठमाडौं र काठमाडौं बाहिर विभिन्न प्रदेशका लागि बैंकले कर्मचारी माग गरेको हो । कम्तीमा ४५ प्रतिशत प्राप्तांकसहित स्नातक उतीर्ण गरेका वा सोसरहको शैक्षिक योग्यता हासिल गरेका तथा उमेर २८ वर्ष ननाघेका नेपाली नागरिकले ३१ डिसेम्बरभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । छनोट हुने उम्मेदवारले ६ महिनाको परीक्षणकाल २३ हजार रुपैयाँ र त्यसपछि ३३ हजार रुपैयाँभन्दा बढी तलब पाउने सूचनामा उल्लेख छ ।
यस्तै, नेपाल एसबिआई बैंकले २२७ जना कर्मचारी माग गरेको छ । बैंकले जुनियर एसिस्टेन्ट पदमा काठमाडौं उपत्यका भित्र र बाहिर रहेका विभिन्न शाखाका लागि दरखास्त आह्वान गरेको हो । व्यवस्थापन संकायमा स्नातक गरेका इच्छुकले आवेदन दिन सक्ने छन् । जनावरी ९ भित्र आवेदन दिन बैंकले आह्वान गरेको छ ।
यसैगरी, ज्योति विकास बैंकले २० जना शाखा प्रबन्धक, २० जना पब्लिक रिलेसन म्यानेजर, एकजना ट्रेनिङ अफिसर र एकजना एक्जुकेटिभ सेक्रेटरी गरी ४२ जना कर्मचारी माग गरेको छ । योग्यता पुगेका नेपाली नागरिकले पुस २५ गतेसम्म आवदेन दिन सक्ने बैंकले सूचनामार्फत जानकारी गराएको छ ।
यस्तै, राष्ट्रिस्तरको गरिमा विकास बैंकले नुवाकोटको बट्टार, दाङको तल्सीपुर, लमजुङको बेसीशहर, कञ्चनपुरको महेन्द्रनगर, सर्खेतको बीरेन्द्रनगर, बाँकेको छपरगढी, चितवनको टाँडी र मिलन चोक, पर्साको वीरगञ्ज र कास्कीको हेम्जाका लागि एसिस्टेन्ट लेभलका कर्मचारी माग गरेको छ । १८ देखि २५ वर्ष उमेर समूहका १२ पास गरेका, दुई बर्षको कार्यअनुभव भएका र साथमा सवारी चालक अनुमतिपत्र भएका नेपाली नागरिकले २ जनवरीभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
प्रकाशित समय ११:३० बजे

















