गृहपृष्ठ एनआईसी एशिया र सानिमा लाइफ इन्स्योरेन्सबीच सम्झौता
एनआईसी एशिया र सानिमा लाइफ इन्स्योरेन्सबीच सम्झौता
एनआईसी एशिया बैंक र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकले बैंकका शाखाबाट सहज रुपमा सानिमा लाइफ इन्स्योरेन्सका जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।
एनआईसी एशिया बैंकका मुलुकभर २७० शाखा कार्यालय, २८८ एटिएम, ३७ वटा एक्सटेन्सन काउन्टर र २० वटा शाखारहित बैंकिङ इकाई छन् । कुल निक्षेप करिब १६८ अर्ब र कुल कर्जा करिब १४६ अर्ब रहेको बैंकको ग्राहक संख्या करिब १४ लाख छ ।
प्रकाशित समय ०७:४७ बजे

















