गृहपृष्ठ आइएमई ट्राभलद्वारा सटल बस सेवा सञ्चालन

आइएमई ट्राभलद्वारा सटल बस सेवा सञ्चालन

chandragiri-hills-newskarobar

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई ट्राभलले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरिसम्म सटल बस सेवा सुरु गरेको छ । चन्द्रागिरि हिल्सको सीटी सम्पर्क कार्यालय पानीपोखरीस्थित आइएमई कम्प्लेक्सबाट हरेक दिन बिहान १० बजे छुट्ने उक्त बस सेवाले लाजिम्पाट, कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोड, कलंकी हुँदै चन्द्रागिरि हिल्सको बेस स्टेसनसम्मको दूरी तय गर्नेछ ।

साँझ ४ बजे चन्द्रागिरि हिल्सको बेस स्टेसनबाट छुट्ने उक्त बससेवा कलंकी, सोल्टीमोड, सोह्रखुट्टे, कान्तिपथ, लाजिम्पाट हुँदै पानीपोखरीसम्म आइपुग्नेछ । चन्द्रागिरिसम्म पुग्न इच्छुक स्वदेशी तथा विदेशी पर्यटकको सहज आवागमनलाई मध्यनजर गर्दै यस्तो सुविधासम्पन्न बस सेवा सञ्चालनमा ल्याएइको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले जानकारी दिए ।

प्रकाशित समय १७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु