गृहपृष्ठ अख्तियार आयुक्त पाठकविरुद्ध महाअभियोग दर्ताको तयारी

अख्तियार आयुक्त पाठकविरुद्ध महाअभियोग दर्ताको तयारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध नेकपाले महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । घुस लिएको आरोप लागेका आयुक्त पाठकविरुद्ध नेकपाले महाअभियोग प्रस्ताव दर्ता गर्न सांसदहरुको हस्ताक्षर संकलन गर्ने काम भइरहेको छ ।

शुक्रबार नै सांसदहरुको हस्ताक्षर संकलन गरेर संसदमा महाअभियोगको प्रस्ताव दर्ता गर्ने तयारीे छ । नेकपाका एक सांसदले भने, ‘आज नै हस्ताक्षर संकलन गेर संसदमा प्रस्ताव दर्ता गर्ने तयारी गरेका छौं ।’

उता अख्तियार स्रोतले भने महाअभियोगका विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ । पाठकले भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घुस लिएको भिडियो सार्वजनिक भएको थियो ।

प्रकाशित समय १२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु