गृहपृष्ठ आयुक्त पाठकलाई कारबाही गर्न कांग्रेसको माग

आयुक्त पाठकलाई कारबाही गर्न कांग्रेसको माग

ramchandra paudel-newskarobar

घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई कारबाही गर्न कांग्रेसले माग गरेको छ । तनहुँको दमौलीमा पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता रामचन्द्र पौडेलले पाठकलाई कारबाही गर्न माग गरेका हुन् ।

‘भ्रष्टाचारमा संलग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन हुँदैन, देश विकासको प्रमुख बाधक भ्रष्टाचार रहेकाले दोषीलाई कारबाही गर्नुपर्छ’ उनले भने । घुस लिएको भिडियो सार्वजनि भएपछि आयुक्त पाठकले राजीनामा दिएका छन् ।

नेता पौडेलले संसदमा कांग्रेसको भूमिका प्रभावकारी नभएको टिप्पणी गरे । ‘संसदमा कांग्रेसको भूमिका प्रभावकारी भएन, राष्ट्रिय महत्वको विषयमा आवाज उठाउनुपर्छ,’ उनले भने ।

नेता पौडेलले कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुने बताउँदै अहिलेको समितिलाई म्याद थप्ने अधिकार नभएको बताए ।

प्रकाशित समय १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु