गृहपृष्ठ राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित नेताहरुको भेटवार्ता

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित नेताहरुको भेटवार्ता

rastrapati-newskarobar फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारीको निमन्त्रणमा शीतल निवासमा नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता देउवा र कांग्रेस उपसभापति विजयकुमार गच्छदार राष्ट्रपति कार्यालय पुगेका हुन् । भेटमा नेताहरुले राष्ट्रपति भण्डारीसँग समसामयिक विषयमा छलफल गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रकाशित समय ०६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु