गृहपृष्ठ आज प्रजातन्त्र दिवस, विकास र समृद्धिको चाहना पूरा हुन्छः प्रम
आज प्रजातन्त्र दिवस, विकास र समृद्धिको चाहना पूरा हुन्छः प्रम
६९ औँ प्रजातन्त्र दिवस मंगलबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । नेपालमा जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ०७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिदैँ छ ।
दिवसको अवसरमा प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको नेपाली चाहना पूरा हुने बताएका छन् । ६९औँ प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले मुलुक समृद्धिमा बढेको हुनाले दशकौँदेखिको विकास र समृद्धिको नेपालीको चाहना अब पूरा हुने क्रममा रहेको बताएका हुन् ।
वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको उहाँको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । ‘निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकाशका विरुद्ध केन्द्रित भएका छौँ’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौँ ।’
प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तिको उक्त आन्दोलनमा शहादत प्राप्त गर्ने सबैमा श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन् ।
प्रकाशित समय ०७:१३ बजे
















