गृहपृष्ठ यसरी जोडिँदै छन्, हुम्ला–मुगु (फोटो फिचरसहित)

यसरी जोडिँदै छन्, हुम्ला–मुगु (फोटो फिचरसहित)

humla-mugu-road-newskarobar

देशकै विकट मानिने हुम्ला–मुगुमा अहिले लोभलाग्दा सडकहरू बनेका छन् । गाउँलेहरूलाई सडकका लागि भित्तो खार्ने, माटो सम्याउनेमात्र होइन, सडकका पूर्वाधार बनाउनसमेत भ्याइनभ्याइ भएको छ । देशकै अत्याधिक गरिबी रहेको हुम्लामा जारी ‘मुगु–हुम्ला लिंक रोड योजना’का कारण उनीहरूले गाउँमै काम पनि पाएका छन् र विकास अनुभूति पनि गर्दैछन् ।
भर्खरैमात्र मुगुको बामा गाउँमा स्थानीयवासीहरूले जीवनमै पहिलो पटक गाडीमात्र देखेनन्, गाउँमा पुगेको गाडीको भव्य स्वागत गरे । यो आयोजना सम्पन्न भएपछि सडक सञ्जालले छुन बाँकी देशको एकमात्र जिल्ला हुम्ला पनि यसै वर्षभित्र सञ्जालमा जोडिने छ ।
कुल ६७ किलोमिटर लम्बाइको यो सडकलाई ‘मौसमी सडक मापदण्ड’अनुसार उत्तम इन्जिनियरिङका साथ निर्माण भइरहेको छ, जसमा पहाडी ढलानहरूको सही व्यवस्थापन, सडक किनारामा वातारणीय व्यवस्थापन, ढल निकास तथा नदी पार तर्ने कार्यको व्यवस्थापनलगायतका विशेष ध्यान दिइएको आयोजनाले जनाएको छ ।
बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी)को सहयोगमा बन्दै गरेको यो सडकका लागि हालसम्म ८०० भन्दा बढी स्थानीयवासीहरू संलग्न भइसकेको डीएफआईडीका जोय रोबर्टसनले जानकारी दिएका छन् । यीमध्ये ४८ प्रतिशत महिलाहरू छन् । आयोजनाका तर्फबाट २६ जनालाई डोजर÷स्क्याभेटर अपरेटरका रुपमा तालिम पनि दिइसकेको जनाइएको छ ।
हालसम्म यो सडक आयोजनाकै लागि भनेर मुगु र हुम्लामा ५२ सडक उपभोक्ता समिति गठन भइसकेका छन्, ती उपभोक्ता समितिहरूमा १०२० जना सदस्य छन् । आयोजनाका अनुसार कुल सदस्यमध्ये ४५ प्रतिशत महिला छन् ।
बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी)ले ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको यो सडक आयोजनाको कुल लागत साढे १० अर्ब रुपैयाँभन्दा बढी रहेको छ ।
सन् २०१३ जनवरीबाट सुरु भएको यो सडक आयोजना आगामी वर्ष (सन् २०२०को अक्टोबर महिनामा) पूरा हुने लक्ष्य राखिएको डीएफआईडीले जनाएको छ ।

फोटो फिचर

humla-mugu-road-newskarobar

प्रकाशित समय १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु