गृहपृष्ठ नेकपा विवाद, स्थायी कमिटी बैठक बोलाउनुपर्ने माग

नेकपा विवाद, स्थायी कमिटी बैठक बोलाउनुपर्ने माग

nekapa_newskarobar

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सांगठनिक एकीकरणका लागि बनाइएको कार्यदल शुक्रबार भंग भएपछि  स्थायी कमिटि बैठक बोलाउनुपर्ने माग उठेको छ । यसअघि कार्यदलले काम गर्न पाउनुपर्ने माग राख्दै आएका सदस्यहरू लगायतले स्थायी कमिटि बैठक बोलाउन माग गरेका हुन् ।

स्थायी समिति बैठकबाट गठित कार्यदलको म्याद थप्न आग्रह गरे पनि सचिवालयले कार्यदल भंग गरेकोमा अधिकांश सदस्यहरूले आपत्ति जनाएका हुन् । पुनः स्थायी कमिटी बैठक बोलाएर यस विषयलाई हल गर्नुपसमाधान गर्नुपर्ने अधिकाश माधब नेपाल पक्षधर नेताहरुको भनाई  छ । केही नेताहरुले एकलौटी ढंगबाट काम गर्न कार्यदललाई हस्तक्षप गर्दै विगटन गरिएको उनीहरुको आरोप छ ।

‘कुनै एक दुई नेताको चाहना अनुसार संगठनमा पदाधिकारी नियुक्ति गर्न कार्यदललाई काम गर्न नदिने तर असफल भयो भन्दिने विषय राम्रो होइन,’ नेकपाका एक नेताले भने, ‘पार्टीको आन्तरिक कामकारबाहीमा सचिवालय पुनः हावी हुन खोजेको छ । तर कार्यदल स्थायी कमिटीले गठन गरेकाले पुनः स्थायी कमिटी बैठक बोलाएर यस विषयलाई हल गर्नुपर्छ ।’

गत शुक्रबार बसेको केन्द्रीय सचिवालयको बैठकले कार्यदल भंग गरेपछि कार्यदलका बहुमत सदस्यले समानान्तर प्रतिवेदन बुझाउने तयारी गरेका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार प्रतिवेदन बुझाउने तयारी गरिएको थियो । तर प्रधानमन्त्री ओलीले आफ्नो कार्यव्यस्तता देखाउँदै कार्यदलका सदस्यहरूलाई समय दिका छैनन् ।

शनिबार जन्मदिन भएका कारण ओली व्यस्त भएकाले प्रतिवेदन बुझेनन् । शनिबार समय नमिलेपछि आइतबार प्रधानमन्त्रीलाई भेट्ने समय मिलाउने जिम्मा योगेश भट्टराईले पाएका छन् ।

नेकपाको विधानको धारा ३३ मा पार्टी कमिटीले विशेष प्रयोजनका कार्यदल गठन गर्न सक्ने भनिएको छ । कार्यदलमा आवश्यकता अनुसार संयोजक, उपसंयोजक र सदस्यहरू रहनेछन् । कार्यदलको अधिकार र कर्तव्य कार्यदल गठन गर्ने कमिटीले तोकेबमोजिम हुनेछ ।

तर, कार्यदल गठन भई काम गरिहरेको अवस्थामा विगठन गरेर केन्द्रीय सचिवालयले हस्तक्षेप गर्नु विधान विपरित भएको आरोप लागेको छ । महासचिव विष्णु पौडेल र कार्यदलका संयोजक रामबहादुर थापा बादलले कार्यदल भंग गर्न लगाएको आरोप सदस्यहरूले लगाएका छन् ।

प्रकाशित समय १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु