गृहपृष्ठ एनसेलले सर्वसाधारण सेयर जारी गर्ने
एनसेलले सर्वसाधारण सेयर जारी गर्ने
निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल पब्लिक कम्पनीमा रुपान्तरण हुने भएको छ । कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार वैशाखदेखि एनसेलले पब्लिक कम्पनीमा जाने तयारी गरेको हो ।
कम्पनी ऐनको नयाँ व्यवस्थाअनुसार पाँच करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनी पब्लिकमा जानुपर्ने भएकाले एनसेलले पनि त्यसैअनुसार तयारी अघि बढाएको जनाइएको छ ।
प्रकाशित समय १२:३१ बजे

















