गृहपृष्ठ मुक्तिनाथ बैक र अार्इडीर्इ नेपालविच सहकार्यकाे सम्झाैता
मुक्तिनाथ बैक र अार्इडीर्इ नेपालविच सहकार्यकाे सम्झाैता
काठमाडौं- मुक्तिनाथ विकास बैंकले कास्की, स्याङ्गजा र पाल्पा जिल्लाका किसानहरुलाई कृषि क्षेत्रमा लगानी विस्तारको लागि आईडीई नेपालसंग सहकार्य गरेको छ ।
सो सम्बन्धी सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आईडीई नेपालका कन्ट्री डाइरेक्टर डा. ल्यूक कोलाभिटोले हस्ताक्षर गरे ।
यस सम्झौता बमोजिम आईडीई नेपालले सो क्षेत्रका किसानहरुलाई प्राविधिक तालिमहरु प्रदान गर्ने र मुक्तिनाथ विकास बैंकले कृषि सम्बन्धी लघु कर्जा प्रदान गर्नेछ ।
यस कार्यक्रमबाट किसानहरुको प्राविधिक ज्ञान र सीपमा अभिबृद्धि हुनुको साथै आय बृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
प्रकाशित समय ०९:२५ बजे

















