गृहपृष्ठ विनियोजन विधेयक बहुमतले पारित
विनियोजन विधेयक बहुमतले पारित
फाइल तस्बिर
प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक २०७५ बहुमतले पारित गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयक २०७५ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
यसअघि विधेयकमाथि सासंदहरुले राखेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । त्यसैगरी, शुक्रबारकै बैठकले आर्थिक विधेयक २०७५, राष्ट्रऋण उठाउने विधेयक २०७५ र ऋण तथा जमानत (२२ औ संशोधन) विधेयक २०७५ पनि स्वीकृत गरेको छ । अर्थमन्त्री खतिवडाले आर्थिक विधेयक २०७५ लाई विचार गरियोस् भनी गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो । सो विधेयकको दफाबार छलफलका लागि असार १८ गतेको समय तोकिएको छ ।
त्यसैगरी, अर्थमन्त्री खतिवडाले राखेको राष्ट्रऋणसम्बन्धी विधेयक २०७५ र ऋण तथा जमानत (२२ औं संशोधन) विधेयक २०७५ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । तीनवटै विधेयकको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद प्रेम सुवालले के का लागि ऋण भन्ने स्पष्ट हुनुपर्ने माग गरे । सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटमा एक सय ७२ अर्ब ऋण उठाउने प्रस्ताव गरेको छ ।
प्रकाशित समय १५:१९ बजे

















