गृहपृष्ठ प्रधानमन्त्रीले महासेठलाई भने– नसक्ने भए हात उठाउनुस्

प्रधानमन्त्रीले महासेठलाई भने– नसक्ने भए हात उठाउनुस्

तत्काल खाल्डा पुर्न प्रधानमन्त्रीको निर्देशन

pm oli-newskarobar

प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन् । मन्त्रिपरिषदका सदस्य रघुवीर महासेठप्रति असन्तुष्ट देखिएका प्रधानमन्त्री ओलीले जनताका गुनासा नआउने गरी काम गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत सबै मन्त्रालय र सचिवलाई बोलाएर मन्त्रालयका काम–कारबाहीबारे चासो राखेका हुन् । कलंकी– थानकोट र चाबहिल– बौद्ध– जोरपाटी सडकको दुरवस्थाप्रति चिन्ता व्यक्त गर्दै ओलीले केही दिनभित्रै काम सम्पन्न नभए कारबाही गर्ने चेतावनी दिए । ‘जनताको दैनिक जीवनसँग सरोकार राख्ने विषय, सडक मर्मत जस्तो अत्यावश्यक विषयमा ढिलासुस्ती हुनु भनेको समग्र सरकारले काम गर्न नसकेको देखिनु हो,’ महासेठप्रति लक्षित गर्दै चेतावनीको भाषामा ओलीले भने, ‘काठमाडौंका खाल्डाखुल्डी तत्काल पुर्नुहोस्, सक्नुहुन्न भने हात उठाउनुहोस् ।’

यसअघि पनि गृहमन्त्री रामबहादुर थापाले सडक निर्माणमा लापर्बाही तथा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही गर्न खोज्दा मन्त्री महासेठले रोकेपछि प्रधानमन्त्रीसमेत असन्तुष्ट बनेका थिए । तर, उनी त्यसबारे केही बोलेका थिएनन् । अहिले सडक मर्मत गर्ने ठेक्का लिएर ठेकेदारले काम नगरेपछि जताततै सडकमा खाल्डाखुल्डी छ । त्यसबारे जनगुनासा व्यापक आएपछि प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधारमन्त्रीलाई काठमाडौंका सडक चुस्त बनाउन विशेष निर्देशन दिएका हुन् ।

प्रकाशित समय २१:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु