गृहपृष्ठ केसी प्रकरणमा प्रचण्ड किन मौन ?

केसी प्रकरणमा प्रचण्ड किन मौन ?

prachanda-newskarobar

यतिबेला मुलुक डा. गोविन्द केसीको अनसनको पेरिफेरिमा घुमीरहेको छ । १५ औं पटक अनसन बसेका केसीको पक्ष वा विपक्षमा धेरैले आवाज उठाईरहेका छन् । चिकित्सा क्षेत्र सुधारको लागि भन्दै अनसन बसेका उनीप्रति सरकार कठोर बन्दै गएको भन्ने समर्थकहरुको अरोप छ । उता केसीको एजेण्डालाई साथ दिएर कतिपयले राजनीति गरिरहेका छन् ।

आनसनको २२ औं दिन पुग्दा समेत उनी केसी अनसनबारे गुपचुप छन् । नेकपाकै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला भाषणमा डा. केसीप्रति निकै आक्रामक देखिएका छन् । तर, प्रचण्डले भने मुख नखोल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

मुख्य प्रतिपक्षी नेपाली कांग्रेससमेत केसीकै अनसन देखाउँदै आन्दोलनमा छ । उसका नेता कार्यकर्ता केसीको पक्षमा वकालत गरिहरेका छन् । यता सत्तारुढ नेकपाका नेता कार्यकर्ता भने सरकारको प्रतिरक्षामा छन् । तर, रहस्यमय विषय भने नेकपाका अध्यक्ष पुष्पककल दाहल ‘प्रचण्ड’ भने अझै मौन छन् । आनसनको २२ औं दिन पुग्दा समेत उनी केसी अनसनबारे गुपचुप छन् । नेकपाकै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला भाषणमा डा. केसीप्रति निकै आक्रामक देखिएका छन् । तर, प्रचण्डले भने मुख नखोल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

एउटै दलका एउटा अध्यक्षले खुलेरै केसीको विरोध गर्नु र अर्का अध्यक्ष मौन बस्नु आश्चर्यजनक रहेको राजनितिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘यो मुद्दामा प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा सहकर्मी प्रचण्डबीच एकमत छैन भन्ने पनि बुझ्न सकिन्छ ।’

केसीप्रति सरकारको व्यवहारलाई प्रमुख प्रतिपक्षी कांग्रेसले कडा विरोध गर्दै आएको छ । केसीको माग पूरा गर्न मात्र हैन अरु धेरै राजनीतिक मुद्धा उठाउँदै कांग्रेस सरकारविरुद्धको आन्दोलनमा छ । कतिपयले भने सरकारको राजीनामा माग्नेदेखि सरकार ढाल्ने भन्दै उद्घोषसमेत गरिसकेका छन् । यस्तो अवस्थामा सहकर्मी ओलीलाई खुलेरै साथ दिनुपर्ने प्रचण्डले मौन बसेर ओलीलाई असहयोग गरेको कतिपयको टिप्प्णी छ ।

डा. केसीको मागप्रति ‘प्रचण्ड’को नाम जोडर विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको भन्दै उनको निजी सचिवालयले विज्ञप्ति नै जारी गरेको छ । प्रचण्ड र ओलीको कित्ता फरक रहेको भन्ने आशंकालाई चिर्न सो विज्ञप्तिले सहयोग गर्छ । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले प्रेस विज्ञप्ति जारी गर्दै ‘डा. केसीको माग जायज ः प्रचण्ड’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

 

अब के गर्लान् प्रचण्ड ?
प्रधानमन्त्री ओलीले केसीको उपचार पनि गराउँने र सँगै संसदमा प्रस्तुत चिकित्सा शिक्षा विधेयक पास गराई छाड्ने दाेहाेराे रणनीतिमा छन् । बहुमतको बलमा चिकित्सा शिक्षा विधेयक डा. केसीको माग विपरित र अाफ्नाे मनासायअनुरूप पारित गराउँने ओलीको अाकांक्षा देखिन्छ ।

यता कांग्रेसले माथेमा कार्यदलको प्रतिवेदन अनुसारनै चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने अडान राखेको छ । सोही अडान राख्दै पटक पटक सदन अबरुद्ध गरेपछि संसद एक साताका लागि स्थगीत भएको छ ।

राष्ट्रिय राजनीति होस या पार्टीभित्र अाेली जती बलिया हुन्छन् अर्काे अध्यक्ष प्रचण्ड उत्तिकै कमजोर हुन्छन् । त्यसैले नेकपाभित्र डा. केसी प्रकरणमा एकमत हुन सक्ने स्थिती अझै नदेखिने केही विश्लेषकहरुको तर्क छ । विधेयक पारित गराउन सफल भएमा ओली आउदा दिनमा झन् बलियो बन्ने निश्चित छ ।

एक सातासम्म सरकार र डा. केसी पक्षबीच सहमति नभए सरकार र विपक्षीबीच द्वन्द्वको अवस्था आउने खतरा विश्लेषकहरुले औल्याएका छन् । त्यो समय अहिले मुख नखोलेका प्रचण्ड र ओलीसहित अरु नेताहरु विधेयक पास गराउन धारणा राख्न सक्छन् वा सक्दैनन् ? त्यो भने हेर्न बाँकी नै छ ।

ओली र प्रचण्ड शक्तिशाली नेकपाका दुई अध्यक्ष हुन् । राष्ट्रिय राजनीति होस या पार्टीभित्र अाेली जती बलिया हुन्छन् अर्काे अध्यक्ष प्रचण्ड उत्तिकै कमजोर हुन्छन् । त्यसैले नेकपाभित्र डा. केसी प्रकरणमा एकमत हुन सक्ने स्थिती अझै नदेखिने केही विश्लेषकहरुको तर्क छ । विधेयक पारित गराउन सफल भएमा ओली आउदा दिनमा झन् बलियो बन्ने निश्चित छ ।

प्रकाशित समय १९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु