गृहपृष्ठ चुक्ता पुँजी पुर्याउनै सक्दैनन् बिमा कम्पनी, असार मसान्तसम्मकाे भाका ताेकियाे

चुक्ता पुँजी पुर्याउनै सक्दैनन् बिमा कम्पनी, असार मसान्तसम्मकाे भाका ताेकियाे

काठमाडौं- बिमा कम्पनीलाई तोकिएको चुक्ता पुँजी पुर्याउन कठिन परेको छ । बिमा कम्पनीको नियामक निकाय बिमा समितिले चालू आर्थिक वर्षको असार मसान्तसम्म जीवन बिमा कम्पनीको २ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीहरुको १ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो ।
असार मसान्त नजिकिँदै गर्दा अधिकांश बिमा कम्पनीले तोकिएको चुँक्ता पुँजी पुर्याउन सकेका छैनन् । बिमा कम्पनीहरुलाई पँजी पुर्याउन अब करिब ढेड महिना मात्रै बाँकी छ । यो अवधीमा सबै बिमा कम्पनीहरुले समितिले तोकेको पूँजी पुर्याउन सक्ने देखिँदैन ।
बिमा कम्पनीहरुले सार्वजनिक गरेको चैतसम्मको तथ्याकंलाई आधार मान्ने हो भने हालसम्म एउटा जीवन बिमा कम्पनी र तीनवटा निर्जीवन बिमा कम्पनीले मात्र आफ्नो चुँक्ता पुँजी पुर्याएको देखिएको छ ।
समितिका अनुसार प्राइमलाइफ इन्स्योरेन्स कम्पनी,सिटिजन्स लाइफ इन्स्योरेनस कम्पनी,नेशनल लाइफ इन्स्योरेन्स कम्पनी,ज्योतिलाईफ र युनियन लाईफ इन्स्योरेन्स कम्पनी लगायतका १६ वटा जीवन बिमा कम्पनी र हिमालय जेनेरल इन्स्योरेन्स,लुम्बिनी जेनेरल इन्स्योरेन्स,सिदार्थ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स कम्पनी लगायतका १२ वटा नीर्जिवन बिमा कम्पनीहरुले चुँक्ता पूँजी पुर्याउन सकेका छैनन् ।
जीवन बिमा कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै चुँक्ता पूँजी पुर्याएको छ । चैत मसान्तसम्म यस कम्पनीको चुक्ताँ पूँजी ४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, निर्जीवन बिमा कम्पनीतर्फ नेको, शिखर र हिमालयन जनरल इन्स्योरेन्सले समितिले तोकेको चुँक्ता पूँजी पुर्याएका छन् ।
समितिका अनुसार नेको यन्स्योरेन्स कम्पनीको १ अर्ब ६ करोड रुपैँया,शिखर इन्स्योरेन्सको १ अर्ब ५ करोड रुपैँया र हिमालयन जनरल इन्स्योरेन्सको १अर्ब २ करोड रुपैयाँ चुँक्ता पूँजी पुगेको छ । नयाँ संचालनमा आएका यस कम्पनीहरु लगायत युनियन, रिलायन्स र सिटिजनले सर्वसाधरणको लागि आइपीओ निश्कासन गर्ने प्रस्ताव समेत पारित गरिसकेका छन् ।
बिमा समितिले तोकेको सयमसीमा अवधिभित्र भने चुक्ता पूँजी पुर्याउन नसकिने देखिन्छ । तर समितिले भने अझै समय बाँकी भएकाले सबै बिमा कम्पनीहरुले पुर्याउने दाबी गरेको छ । समितिका निर्देशक राजुरमण पौडेलले भने, ‘समय बाँकी छ,त्यसबेलासम्म सबैले पुर्याउँछन् भन्ने हामीलाई विश्वास छ ।’
तर, असार मसान्तसम्म सबै बिमा कम्पनीले आफ्नो चुँक्ता पूँजी पुर्याउन नसके त्यस्ता बिमा कम्पनीलाई कारवाही गर्ने कि समयसीमा बढाउने भन्ने विषयमा छलफल गरेर मात्रै अघि बढ्ने निर्देशक पौडेलको भनाई छ ।
समितिले बिमा कम्पनीहरुको चुँक्ता पूँजी वृद्धि गर्न निर्देशन दिएपछि अधिकांश बिमा कम्पनीहरुले शेयर निष्काशनको माध्यमबाट आफ्नो कम्पनीको चुँक्ता पूँजी वृद्धि गर्ने योजना समितिमा बुझाएका थिए । सोही योजना अनुसार बिमा कम्पनीहरुले आफ्नो चुँक्ता पुँजी पुर्याउन कसरत गरिरहेको भएपनि अझै पुर्याउन सकेका छैनन् ।

प्रकाशित समय १०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु