गृहपृष्ठ लिपुलेक फिर्ता गराउन विज्ञहरु ताते
लिपुलेक फिर्ता गराउन विज्ञहरु ताते
भारतले नेपालको त्रिदेशीय सीमाविन्दू लिपुलेकमाथि कब्जा जमाएपछि विज्ञहरूले नेपालले लिपुलेक फिर्ता लिन अन्तर्राष्ट्रिय लबिङ गर्नुपर्ने बताएका छन् । न्युज कारोबारले नेपाललाई थाहै नदिइ भारतले लिपुलेकमा रणनीतिक महत्वको बाटो बनाएको खुलासासँगै विज्ञहरूले यो प्रतिक्रिया दिएका हुन् ।
अन्तर्राष्ट्रिय मामिलाका विज्ञ डा. सूर्य ढुंगेलले राष्ट्रियता र अखण्डतामा सरकार हिचकिचाउनु कुटनीतिक असफलता भएकत्त बताए ।
पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनी लिपुलेकमा नेपालले आफ्नो दाबी छाड्न नहुने बताउँछन् । पुराना नक्सा तथा अभिलेखले लिपुलेक नेपालकै भूभाग भएको प्रष्ट हुँदाहुँदै कमजोर कुटनीतिका कारण भारत र चीनले दाबी गरिररहेको डा. लोहनीको ठहर छ ।
“लिपुलेक उनीहरू छोड्न मान्दैनन्, तर हामीले कुनै पनि हालतमा छोड्नु हुँदैन उनले भने– वार्ताबाटै यो समस्या समाधान गर्नुपर्छ ।
सीमाविद बुद्धिनारायण श्रेष्ठले लिपुलेक नेपालकै भूभागका हिस्सा भएको भन्ने विषयमा आफूले प्रमाणिक नक्साहरूसहितका विवरण सार्वजनिक गरिसकेको अवस्थामा लिपुलेकमाथि दाबी गर्न सरकरा हिचकिचाएको बताए ।
प्रकाशित समय १०:४६ बजे

















