गृहपृष्ठ रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बिमा शुल्क अनलाइनबाटै तिर्न सकिने
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बिमा शुल्क अनलाइनबाटै तिर्न सकिने
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बिमा शुल्क अनलाइनबाटै तिर्न सकिने भएको छ । इन्स्योरेन्स कम्पनी नेपाल क्लियरिङ हाउस (एनसीएचएल)मा आबद्ध भएका ग्राहकले यो सुविधा पाएका हुन् । कम्पनीले आफ्नो भुक्तानीसम्बन्धी कारोवारलाई एनसीएचएलको प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सोमबार सम्झौता गरेको हो ।
सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र एनसीएचएलका सीईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । यससँगै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स क्लियरिङ हाउसको सदस्यका रुपमा जोडिने पहिलो लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ ।
प्रकाशित समय १३:४२ बजे

















