गृहपृष्ठ सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

sidhartha-generalins-newskarobar

सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्स बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके तमोटले हस्ताक्षर गरेका छन् ।

सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक खनालले आगामी दिनमा जनरल इन्स्योरेन्स कम्पनीमा बिमा गर्ने ग्राहकलाई आवश्यक निर्जीवन बिमासम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयबाट उपलब्ध हुने बताए ।

बैंकले देशका सबै क्षेत्र तथा वर्गसम्म बैंकिङ सेवाको पहुँच पु–याउने उद्देश्यले बैंकले देशभर १५६ शाखा (४ एक्स्टेन्सन काउन्टरसहित), १०० शाखारहित बैंकिङ सेवा, १६९ वटा एटिएम र १ हजार ३०० भन्दा बढी पिओएस मेसिनमार्फत स्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय २२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु