गृहपृष्ठ आइएमई लाइफ र आईसीएफसी फाइनान्सबीच बिमा सेवा सम्झौता
आइएमई लाइफ र आईसीएफसी फाइनान्सबीच बिमा सेवा सम्झौता
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र आईसीएफसी फाइनान्सबीच बिमा सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक आशिष सिंह र आईसीएफसीका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात सर्वसाधारण र बैंकका ग्राहकले आईसीएफसी फाइनान्सको कुनै पनि शाखाबाट छिटोछरितो र सहज ढंगले आईएमई लाइफको जीवन बिमा गराउनका साथै जीवन बिमासम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित समय १५:४४ बजे

















