गृहपृष्ठ पोखराको अमरसिंह चोकमा लक्ष्मी बैंकको शाखा स्थापना

पोखराको अमरसिंह चोकमा लक्ष्मी बैंकको शाखा स्थापना

Laxmi-Bank-newskarobar

लक्ष्मी बैंकले पोखराको अमर सिंह चोकमा शाखा स्थापना गरेको छ । यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु-याउने लक्ष्य राखेको छ ।

लक्ष्मी बैंकको ४८ जिल्लामा ११० शाखा, २ एक्सटेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३२ एटिएम, २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट र ५८ शाखारहित बैंकिङ एजेन्ट छन् ।

प्रकाशित समय १५:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु