गृहपृष्ठ नेपाल इन्स्योरेन्सको ५ प्रतिशत बोनस पारित

नेपाल इन्स्योरेन्सको ५ प्रतिशत बोनस पारित

नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रस्तावित ५ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको ७१औं वार्षिक साधारण सभाले सञ्चालक समिति बोनस प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत अर्थात् ५ करोड ४७ लाख रुपैयाँबराबरको बोनस सेयर दिने प्रस्ताव पारित गरेको कम्पनीका उपमहाप्रबन्धक विक्रान्त पाण्डेले जानकारी दिए । बोनस सेयरमा लाग्ने करसहित चुक्ता पुँजीको २.८९ प्रतिशतले हुने ३ करोड १७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित भएको छ । बोनस वितरणसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ पुगेको छ । कम्पनीले प्रधान कार्यालय, ४९ शाखा कार्यालय र तीनवटा तेस्रो पक्ष बिमा सेवा केन्द्र गरी ५३ स्थानबाट बिमा सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु