गृहपृष्ठ अजोड इन्स्योरेन्सको प्रिमियम संकलनमा दोब्बर वृद्धि

अजोड इन्स्योरेन्सको प्रिमियम संकलनमा दोब्बर वृद्धि

साधारण सेयर असार २५ देखि

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सले एक वर्षमा दोब्बर प्रिमियम संकलन गरेको छ । कम्पनीले विगत वर्षको तुलनामा यो वर्ष वर्ष दोब्बर प्रिमियम संकलन गरेको हो ।

स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेशको अवसरमा आइतबार प्रधान कार्यालय रहेको सुन्धारास्थित सिटिसी मलको प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा न्युज कारोबारसँगको संक्षिप्त कुराकानीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुमारबहादुर खत्रीले यो वर्ष लक्ष्यभन्दा बढी प्रिमियम संकलन भएको जानकारी दिए । गत वर्ष ४१ करोड प्रिमियम संकलन गरेको अजोडले यो वर्ष ८१ करोड ५० लाख प्रिमियम संकलन गरेको छ । कम्पनीले यो वर्षका लागि ८० करोड संकलनको लक्ष्य लिएको थियो ।

कम्पनीको कुल बिमांकको ४५ प्रतिशत हिस्सा मोटर बिमाले लिएको उनले जानकारी दिए । ‘कृषि, सम्पत्ति र इन्जिनियरिङतर्फ पनि राम्रो छ,’ सिइओ खत्रीले भने, ‘कोभिड महामारीका बीच पनि कलेक्सन लक्ष्य पूरा भएको छ, उत्साहित छौँ, आगामी वर्ष नयाँ प्रडक्टसहित ग्राहकसम्म जान्छौँ ।’

२०७५ साल असार २१ गतेदेखि कारोबार सुरु गरेको अजोड इन्स्योरेन्स हाल देशका सातै प्रदेशसम्म पुगिसकेको छ । कम्पनीले केन्द्रीय कार्यालय, ३८ शाखा, एक ग्राहक सेवा केन्द्र र तीन बिमा काउन्टरबाट सेवा दिइरहेको छ । ‘चाँडै इलाम, महेन्द्रनगर र कपिलवस्तुमा शाखा स्थापना गर्दै छौँ,’ सिइओ खत्रीले भने । छोटो अवधिमै कम्पनीले व्यवसाय विस्तारमा फड्को मारेको छ । हाल अजोडमा २२४ कर्मचारी कार्यरत छन् भने करिब ४५० अभिकर्ता छन् ।

आइतबार आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले सहभागिता जनाएको मार्केटिङ हेड दोरिन्द्रराज दाहालले जानकारी दिए ।

साधारण सेयर असार २५ देखि

अजोड इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) असार २५ गतेदेखि बिक्री हुँदै छ । प्रतिकित्ता एक सय अंकित मूल्यको ३० लाख कित्ता साधारण सेयर २५ गतेदेखिन निष्कासन हुने भएको हो । कम्पनीले ३० करोड रुपैयाँबराबरको साधारण सेयर निष्कासन हुनेछ ।

३० लाख कित्तामध्य ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले २७ लाख ३० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित समय १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु