गृहपृष्ठ गण्डकीलाई प्राप्तिपश्चात मेगा बैंकद्वारा एकीकृत कारोबार सुरू
गण्डकीलाई प्राप्तिपश्चात मेगा बैंकद्वारा एकीकृत कारोबार सुरू
मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गरी आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । गत असार १० गते नेपाल राष्ट्र बैंकबाट गण्डकी विकास बैंकलाई प्राप्ति गर्न अन्तिम स्वीकृति पाएको मेगा बैंकले ‘मेगा बैंक नेपाल लिमिटेड’को नामबाट कारोबार सुरू गरेको हो ।
एकीकृत कारोबार सुरू भएसँगै गण्डकी बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुले मेगा बैंक नेपाल लिमिटेडको प्रादेशिक/शाखा कार्यालयको रुपमा कारोबार पनि सुरू गरेका छन् ।
मेगा बैंकले नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र पाएको छ । यसको केन्द्रीय कार्यालय काठमाडौंको कमलादीमा रहेको छ । कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकले ‘ख’ वर्गको वित्तीय संस्थाको रूपमा कारोबार गर्दै आएको थियो ।
प्रकाशित समय १४:५५ बजे

















