गृहपृष्ठ सिटी एक्सप्रेस र इन्जाज साउदीद्वारा उपहार बिजेता घोषणा
सिटी एक्सप्रेस र इन्जाज साउदीद्वारा उपहार बिजेता घोषणा
सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो साउदी स्थित सेवाग्राहीहरुलाई लक्षित गर्दै साउदीकै (इन्जाज बैक अल बिलाड) Enjaz–Bank Al Bilad सँगको सहकार्यमा हरेक कारोबारमा आकर्षक उपहार योजना ल्याएको थियो ।
सो योजना ३० जनवरी २०२० देखि ३० अप्रिल २०२० (३ महिना) सम्म चलेको थियो । जसअन्तर्गत योजना अवधिभर ४५ जना बिजेताहरुले सिटी माक्स सपिङ भाउचर, २४ जनाले ५ ग्राम सुनका सिक्का र अन्त्यमा ६ जनाले हवाई टिकट जित्न सक्ने योजनामा रहेको थियो ।
सोही योजनाअनुरुप साउदीमा कार्यरत बिकास थडराई, गोविन्द नेपाली, पूर्णबहादुर रिमाल, होमराज सापकोटा र किस्मत सार्कीले बम्पर उपहार स्वरुप हवाई टिकट जित्न सफल भएका छन् । कोरोना भाइरस महामारीको कारणले हवाई टिकटको सट्टामा विजेताहरुले २००० साउदी रियाल प्राप्त गरेको जनाएको छ ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेसिया, अष्ट्रलियालगायतका थुप्रै देशहरुमार्फत् विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेको आठ हजार ५०० भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत् छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय १५:३० बजे

















