गृहपृष्ठ एसियन लाइफको नाफामा ७८ प्रतिशत वृद्धि, ५० प्रतिशतले बढ्यो जगेडा कोष
एसियन लाइफको नाफामा ७८ प्रतिशत वृद्धि, ५० प्रतिशतले बढ्यो जगेडा कोष
एसियन लाइफ इन्स्योरेन्सको नाफा ७८ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो वर्षको तुलनामा ७८ प्रतिशतले बढेर १८ करोड १८ लाख पुगेको हो ।
कम्पनीले एक वर्षको अवधिमा खुद बिमा शुल्क आर्जन रकम ८ प्रतिशतले बढाएको छ । आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब २१ करोड खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले गत आवको सोही अवधिमा ४ अर्ब ५४ करोड खुद बिमा शुल्क आर्जन गरेको हो ।
दुई अर्ब १ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ५४ करोड ७० लाख रुपैयाँ छ । त्यस्तै निकै महत्वपूर्ण मानिने जीवन बिमा कोष २७ प्रतिशतले बढेर २१ अर्ब ६१ करोड रुपैयाँ पुगेको विवरणमा उल्लेख छ । त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४ पैसा छ ।
प्रकाशित समय ११:५७ बजे

















