गृहपृष्ठ सन नेपाल लाइफको जीवन बिमा कोषमा दोब्बर वृद्धि

सन नेपाल लाइफको जीवन बिमा कोषमा दोब्बर वृद्धि

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमा कोषमा एक अर्ब २५ करोड ३२ लाख रुपैयाँ जम्मा गरेको छ । एक वर्षमै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जीवन बिमा कोषमा दोब्बरभन्दा बढी रकम जम्मा गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६० करोड ३९ लाख रुपैयाँ जम्मा गरेको थियो ।

त्यस्तै कम्पनीको जीवन बिमा शुल्क आर्जनमा समेत उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्ष खुद बिमा शुल्क ७८ करोड ९९ लाख रुपैयाँ संकलन गरेको कम्पनीले गत वर्ष एक अर्ब ७ करोड ३९ लाख ३७ हजार रुपैयाँ संकलन गरेको हो । सन नेपाल लाइफको कुल बिमा शुल्क आर्जन दुई अर्ब २२ करोड ९६ लाख ७१ हजार रहेको छ । अघिल्लो वर्ष कम्पनीको कुल बिमा शुल्क आर्जन एक अर्ब १२ करोड ४५ लाख तीन हजार रुपैयाँ थियो ।

कम्पनीले समीक्षा अवधीमा ११ करोड ४२ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीको नाफा १० करोड २१ लाख रुपैयाँ थियो । कम्पनीको व्यवस्थापन खर्च भने केही बढेको छ । अघिल्लो वर्ष २३ करोड ८५ लाख खर्च गरेको कम्पनीले गत वर्ष ३० करोड ८९ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । बिमा कम्पनीले हालसम्म ४३ हजार २५६ वटा बिमा पोलिसी जारी गरेको छ । अघिल्लो वर्षको तुलनामा यो करिब पाँच हजार आठ सयले बढी हो ।

अघिल्लो वर्ष ३४ लाख ६ हजार रुपैयाँ दाबी भुक्तानी गरेकत्र कम्पनीले गत वर्षभरमा ७२ लाख ३१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको बाँकी दाबी भुक्तानी दुई लाख ९९ हजार रुपैयाँ छ । अघिल्लो वर्ष २२ लाखभन्दा बढी भुक्तानी बाँकी थियो ।

प्रकाशित समय १६:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु