गृहपृष्ठ सूर्या लाइफको बिमा शुल्क संकलनमा १४ प्रतिशत वृद्धि
सूर्या लाइफको बिमा शुल्क संकलनमा १४ प्रतिशत वृद्धि
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा बिमा शुल्क संकलन १४.३३ प्रतिशतले बढाएको छ । कम्पनीले चौथो त्रैमाससम्ममा २ अर्ब ८४ करोड रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधि कम्पनीको बिमा शुल्क संकलन २ अर्ब ४८ करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा २० करोड ८६ लाखबाट बढेर २६ करोड २७ लाख रुपैयाँमा पुगेको छ । गत वर्षको असार मसान्तसम्ममा कम्पनीले ४ हजार २५४ वटा दाबीबापत ४९ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५ लाख २ हजार रुपैयाँबराबरको बिमा दाबी भुक्तानी गर्न बाँकी छ ।
वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड छ भने जगेडा कोषमा ६६ करोड ८७ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, जीवन बिमा कोषमा ७ अर्ब ४२ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १९ पैसा छ ।
प्रकाशित समय १६:४४ बजे

















