गृहपृष्ठ ग्लोबल आइएमई बैंकले गरायो सबै कर्मचारीको कोरोना बिमा

ग्लोबल आइएमई बैंकले गरायो सबै कर्मचारीको कोरोना बिमा

global-ime-bank-newskarobar

ग्लोबल आइएमई बैंकले सम्पूर्ण कर्मचारीको कोरोना बिमा गराएको छ । कोरोना भाइरस (कोभिड-१९) को बढ्दो कहरलाई मध्यनजर गर्दै बैंकले सबै कर्मचारीको १ लाख रुपैयाँबराबरको बिमा गराएको हो ।

कम्पनीले प्रतिकूल अवस्थामा पनि ग्राहकलाई सेवा दिनका लागि खटिरहेका कर्मचारीको सुरक्षालाई प्राथमिकता दिँदै स्थायी, करार, प्रशिक्षार्थी तथा परीक्षण कालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा गार्डलगायत सम्पूर्ण कर्मचारीको कोभिड-१९ बिमा गराएको जनाएको छ ।

कका कर्मचारीमा कोरोना संक्रमण भएमा बिमा कम्पनीबाट बिमा दाबी रकम भुक्तानी हुनेछ । कोरोना बिमाबाट बैंकमा कार्यरत कर्मचारीको मनोबल बढ्नुका साथै कर्मचारीलाई आर्थिक राहतसमेत मिल्ने बैंकको विश्वास छ । बैंकले सुरक्षाका उपाय अपनाएर सेवा प्रदान गर्दै आफ्ना सम्पूर्ण कर्मचारीलाई मास्क, स्यानिटाइजर, पन्जा, फेस सिल्डलगाएका अत्यावश्यक सामग्रीको अभाव हुन नदिई सुरक्षित रुपमा सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

प्रकाशित समय १६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु