गृहपृष्ठ प्रभु लाइफ इन्योरेन्सको बिमा शुल्क र जीवन बिमा कोषमा उच्च वृद्धि
प्रभु लाइफ इन्योरेन्सको बिमा शुल्क र जीवन बिमा कोषमा उच्च वृद्धि
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले बिमा शुल्क र जीवन बिमा कोषमा उच्च वृद्धि भएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बिमा शुल्क १५५ प्रतिशतले र जीवन बिमा कोष २०५ प्रतिशतले बढेको छ ।
वित्तीय विवरणअनुसार गत वर्ष कम्पनीले खुद जीवन बिमा शुल्क एक अर्ब १५ करोड ९४ लाख रुपैयाँ संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीले ४५ करोड ३५ लाख रुपैयाँ संकलन गरेको थियो ।
त्यस्तै कम्पनीको जीवन बिमा कोष दुई गुणाभन्दा धेरैले बढेको छ । अघिल्लो वर्ष ३४ करोड १३ लाख रहेको कम्पनीको जीवन बिमा कोष यो वर्ष बढेर एक अर्ब चार करोड ३६ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको जेगडा कोष र महाविपत्ति कोषको आकार पनि बढेको छ । अघिल्लो वर्ष ४२ करोड ७४ लाख रहेको यी कोषको आकार अहिले एक अर्ब २० करोडभन्दा धेरै भएको छ ।
प्रतिकूल अवस्थामा पनि कम्पनीको नाफा बढेको छ । अघिल्लो वर्ष तीन करोड ८१ लाख रुपैयाँ नाफा गरेको प्रभु लाइफले गत वर्ष चार करोड ४४ लाख ९६ हजार रुपैयाँ नाफा गरेको हो । कम्पनीले समीक्षा अवधिमा ८० लाख पाँच हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ४१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
प्रकाशित समय १५:१० बजे

















