गृहपृष्ठ नेपाल इन्स्योरेन्सको नाफा २३ करोड, बिमा शुल्क आम्दानीमा वृद्धि

नेपाल इन्स्योरेन्सको नाफा २३ करोड, बिमा शुल्क आम्दानीमा वृद्धि

नेपालको सबैभन्दा पुरानो बिमा कम्पनी नेपाल इन्स्योरेन्सले कोरोना महामारीका बीच पनि गत आर्थिक वर्षमा बिमा व्यवसाय वृद्धि गरेको छ । कम्पनीले अघिल्लो वर्ष खुद बिमा शुल्क संकलन ५४ करोड १२ लाख ८० हजार रुपैयाँ गरेकोमा गतवर्ष १२ करोडले बढाएर ६५ करोड ३७ लाख पुर्‍याएको छ ।

कम्पनीको कुल बिमा शुल्क संकलन भने केही घटेको छ । अघिल्लो वर्ष एक अर्ब १७ करोड ८९ लाख ९२ हजार रुपैयाँ कुल बिमा शुल्क आम्दानी गरेको कम्पनीले गत आवमा एक अर्ब १७ करोड ७४ लाख दुई हजार रुपैयाँ आम्दानी गरेको छ ।

नेपाल इन्स्योरेन्सले गत वर्ष १७ करोड ८५ लाख २१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले २२ करोड ८८ लाख ७० हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

कम्पनीले नाफा भने बढेको छ । अघिल्लो वर्ष २१ करोड चार लाख नाफा गरेको कम्पनीले गत वर्ष २३ करोड ६५ लाख रुपैयाँ नाफा गरेको हो ।  वित्तीय विवरणअनुसार गत वर्ष कम्पनीले १० करोड ५० हजार रुपैयाँ सरकारलाई आयकर बुझाएको छ । अघिल्लो वर्ष कम्पनीले आठ करोड १९ लाख ९७ हजार रुपैयाँ कर बुझाएको थियो ।

कम्पनीको बिमा कोष र जगेडा कोषमा जम्मा ८१ करोड २९ लाख रुपैयाँ जम्मा छ । अघिल्लो वर्ष ६५ करोड २९ लाख थियो । कम्पनीको प्रतिसेयर आम्दानी २१.५९ रुपैयाँ छ ।

प्रकाशित समय १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु