गृहपृष्ठ आइएमई लाइफ इन्स्योरेन्सको सिइओमा कवि फुयाँल नियुक्त
आइएमई लाइफ इन्स्योरेन्सको सिइओमा कवि फुयाँल नियुक्त
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा कवि फुयाँल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले भदौ ३ गते फुयाँललाई सिइओ नियुक्त गरेको हो ।
बैंकबाट करियर सुरु गरेका उनले विभिन्न बिमा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत रहेर काम गरेको अनुभव छ । फुयाँलले आइतबार पद तथा गोपनीयताको सपथ लिए । सपथ लिँदै उनले आइएमई लाइफ इन्स्योरेन्सलाई उत्कृष्ट बिमा कम्पनीको रुपमा उभ्याउने प्रतिबद्धता जनाएका छन् ।
प्रकाशित समय २०:५४ बजे

















