गृहपृष्ठ रिलायबल नेपाल लाइफ इन्स्योरेन्स चौथो वर्षमा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स चौथो वर्षमा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । सोमबारदेखि चौथो वर्षमा प्रवेश गरेको कम्पनीले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगाइएका कारण कुनै औपचारिक कार्यक्रम भने गरेन ।
कम्पनीले वार्षिकोत्सवको अवसरमा संस्थालाई उचाइमा पु‑याउन प्रत्यक्ष‑अप्रत्यक्ष रुपमा सहयोग पु‑याउने बिमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक तथा कर्मचारीलाई धन्यवाद दिएको छ ।
कम्पनीले हालसम्म १७ वटा बिमा योजना ल्याएको छ । हालै जारी वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ६० करोड बिमा शुल्क संकलन गरेको थियो । देशभर रिलायबल नेपाल लाइफका ८३ शाखा कायालय छन् ।
प्रकाशित समय १७:५४ बजे

















