गृहपृष्ठ युनियन लाइफको जीवन दीप बिमा योजना सार्वजनिक

युनियन लाइफको जीवन दीप बिमा योजना सार्वजनिक

युनियन लाइफ इन्स्योरेन्सले जीवन दीप बिमा योजना नामको ‘नयाँ म्यादी जीवन बिमा योजना’ सार्वजनिक गरेको छ । ग्राहकको बृहत्तर हितलाई ध्यानमा राख्दै न्यून बिमाशुल्कमा अधिक बिमांक लाभ प्राप्त हुने गरी नवीन प्रकारको म्यादी जीवन बिमा योजना ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार न्यून बिमा शुल्कमा अधिक लाभ लिन सकिने जीवन दीप म्यादी जीवन बिमा योजना उत्कृष्ट र सस्तो प्रकारको रहेकाले न्यून आय भएका मानिसले पनि सहजै गर्न सक्ने छन् । उक्त बिमा योजनाअन्तर्गत प्राकृतिक रुपमा बिमा गर्नेको मृत्यु भएमा बिमांक रकम, दुर्घटनाबाट मृत्यु भएमा करारमा उल्लिखित थप बिमांक र दुर्घटनाबाट पूर्ण अंगभंग वा शारीरिक अशक्तता भएमा बिमालेखको अवधिसम्म बिमाशुल्क छुट र नियमित मासिक आय सुविधासमेत उपलब्ध गराइने व्यवस्था छ ।

व्यक्तिगत तथा संस्थागत रुपमा समेत बिमा गर्ने सुविधा रहेको उक्त बिमा योजनाअन्तर्गत न्यूनतम ३ लाख बिमांक र अधिकतम आयस्रोतको आधारमा आवश्यक्ताअनुसार बिमांक निर्धारण गरी बिमा योजना लिन सकिने सुविधा छ । उक्त बिमा योजनामा १६ देखि ६० वर्ष उमेर समूहका व्यक्तिले पाँच वर्षदेखि २५ वर्ष अवधिसम्मको बिमा गर्न सक्नेछन् ।

जीवन दीप बिमा योजना नवीन विशेषता भएको, न्यून शुल्कमा अधिक बिमांक रकमको बिमा गर्न सकिने र व्यक्तिगत तथा संस्थागत रुपमा समेत लिन सकिने भएकाले यो योजना आममानिसको रोजाइमा पर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्णको विश्वास छ । खासगरी कर्पोरेट, सहकारी, उद्योग प्रतिष्ठान, यातायात, संघसंस्था, कलेज, स्कुल, असंगठित क्षेत्रलगायतका व्यक्तिका लागि उपयोगी बिमा योजना रहेको उनले बताए ।

प्रकाशित समय २०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु