गृहपृष्ठ प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, २० प्रतिशत संस्थापक सेयर साधारणमा परिणत
प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, २० प्रतिशत संस्थापक सेयर साधारणमा परिणत
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भदौ २६ गते बाराको सिमरामा रहेको होटल इच्छामा सम्पन्न साधारण सभाले अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
साधारण सभाबाट कम्पनीको संस्थापक समूह ‘क’ अन्तर्गत चार जना सञ्चालकको निर्वाचन गरेको छ, जसमा सञ्चालक विशाल अग्रवाल, अमित अग्रवाल र अर्पित अग्रवाल र विवेक बिजुक्छे निर्विरोध निर्वाचित भएका छन् । सञ्चालकहरुलाई निर्वाचन अधिकृत विजयलाल ठाकुरले पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।
साधारणसभाले कम्पनीको २० प्रतिशत प्रवर्धक सेयर साधारण सेयरमा परिणत गर्ने निर्णय गरेको छ । यसअघि ८० प्रतिशत संस्थापक सेयर र २० प्रतिशत सर्वसाधारण सेयर रहेकोमा अब ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारण सेयर हुने भएको छ ।
प्रकाशित समय २०:४९ बजे

















