गृहपृष्ठ कोरोना बिमा दाबी गरेका सबै बिमितले एक हप्ताभित्रै भुक्तानी पाउने

कोरोना बिमा दाबी गरेका सबै बिमितले एक हप्ताभित्रै भुक्तानी पाउने

बिमा समितिबाट जारी गरिएको बिमालेख बमोजिम कोरोना बिमा दाबी गरेका बिमितहरुको पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाणित भएपछि बिमालेख बमोजिम प्रदान गरिने बिमांक रकम भुक्तानी दाबी गरेका सबै बिमितहरुलाई सम्बन्धित बिमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने निर्णय भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थ मन्त्रालयमा मंगलबार बसेको बैठकले सो कार्यको समन्वय र अनुगमन बिमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ । अर्थमन्त्री पौडेलले बिमितहरुले बिमांक रकम दाबी गर्नासाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए ।

यस्तै कोरोना बिमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बिमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बिमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ ।

प्रकाशित समय १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु