गृहपृष्ठ नेको इन्स्योरेन्सको खुद नाफा ६० प्रतिशतले वृद्धि

नेको इन्स्योरेन्सको खुद नाफा ६० प्रतिशतले वृद्धि

नेको इन्स्योरेन्स (NIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६०.१ प्रतिशत अर्थात् ९ करोड ९३ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १६ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको आम्दानी बढेपछि खुद नाफा बढ्न पुगेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९४ करोड ४३ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ । यो रकम गत आर्थिक वर्षको यसै अवधिभन्दा २३ करोड ४४ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ७० करोड ९९ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बिमा कमिशनबाट ११ करोड ७९ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ५ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले १ लाख ७४ हजार ७१० वटा बिमालेख जारी गरी १ अर्ब ३६ करोड ४७ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीका २६ हजार ६१८ वटा बिमालेखहरु नवीकरण भएका छन् ।

कम्पनीले ३ हजार ३२९ वटा दाबीबापत ४४ करोड १७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४ हजार ९१९ वटा दाबी बापत ८८ करोड १२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । चुक्ता पूँजी १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ६४ करोड ३२ लाख रुपैयाँ, बिमा कोषमा ९६ करोड ३६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड २५ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४० रुपैयाँ ८ पैसा, प्रतिशेयर नेटवर्थ २२९ रुपैयाँ र मुल्य आम्दानी अनुपात ३१.९४ गुणा रहेको छ ।

प्रकाशित समय १८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु