गृहपृष्ठ रिलायन्स लाइफ इन्स्योरेन्सको खुद बिमाशुल्कमा ९२ प्रतिशत वृद्धि

रिलायन्स लाइफ इन्स्योरेन्सको खुद बिमाशुल्कमा ९२ प्रतिशत वृद्धि

रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९२ प्रतिशतले खुद बिमाशुल्क बढाएको छ । गत आर्थिक वर्षको ६ महिनामा ५७ करोड ७७ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको कम्पनीले चालू आवको सोही अवधिमा १ अर्ब १० करोड रुपैयाँ आर्जन गरेको हो ।

खुद बिमाशुल्कसँगै कम्पनीको खुद नाफा पनि बढेर ५ करोड ७९ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत आवको ६ महिनामा ४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको जीवन बिमा कोषमा १ अर्ब ७९ करोड, जगेडा कोषमा १९ करोड ८५ लाख र महाविपत्ति कोषमा २ करोड २० लाख रुपैयाँ सञ्चित छ । रिलायन्स लाइफको प्रतिसेयर आम्दानी ५.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११०.५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११५ गुणा बढी छ ।

कम्पनीले ८ हजार ३९१ वटा बिमालेख जारी गरी कुल १ अर्ब १५ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । यस्तै ३९ वटा दाबीबापत १४ करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १३ वटा दाबीबापत ३५ लाख ७० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

प्रकाशित समय ०७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु