गृहपृष्ठ नेपाली बजारमा भित्रियो सुविधासम्पन्न प्युजो एसयूभी २००८

नेपाली बजारमा भित्रियो सुविधासम्पन्न प्युजो एसयूभी २००८

नेपाली बजारमा प्युजोको नयाँ एसयूभी २००८ भित्रिएको छ । प्युजो गाडीको आधिकारिक विक्रेता सांग्रिला मोटर्सले फेसलिफ्ट मोडलको सो गाडी नेपाली बजारमा ल्याएको हो ।

यो गाडीमा १.२ लिटरको टर्बोचार्ज्ड पेट्रोल इन्जिन छ, जसले ५५०० आरपीएममा १३१ एचपी पावर र १७५० आरपीएममा २३० एनएम टर्क जेनेरेट गर्छ ।

सो इन्जिनमा ६–स्पिड अटोमेटिक ट्रान्समिसन उपलब्ध छ । १९८ किलोमिटर प्रतिघण्टा टप स्पिड रहेको यो गाडीले ९.१ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टासम्मको गति लिन सक्ने कम्पनीले जनाएको छ ।

प्युजो एसयूभीमा ६ वटा एयरब्याग, ईबीडी र बीएससहितको एबीएस, ट्रयाक्सन कन्ट्रोल, हिल असिस्ट फङ्सन र क्रुज कन्ट्रोल तथा स्पिड लिमिटर जस्ता विशेषता छन् । त्यसैगरी साइड इन्डिकेटर र अटो बिम असिस्टसहितको फुल एलईडी हेडलाइट, ड्युअल टोन कलर, वायरलेस चार्जिङ प्लेट र रियर क्यामेरासहितको रियर पार्किङ एड छ ।

प्रकाशित समय ०७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु