गृहपृष्ठ प्रभु लाइफको खुद नाफामा १२५ प्रतिशत वृद्धि

प्रभु लाइफको खुद नाफामा १२५ प्रतिशत वृद्धि

प्रभु लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १२५ प्रतिशत खुद नाफा बढाएको छ । कम्पनीद्वारा हालै सार्वजनिक वित्तीय विवरणअनुसार खुद नाफा ४ करोड ४९ लाख रुपैयाँले बढेर ८ करोड ८ लाख रुपैयाँ पुगेको हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

प्रभु लाइफले दोस्रो त्रैमाससम्ममा खुद बिमाशुल्क ९५.०९ प्रतिशतले बढाएको छ । कम्पनीले दोस्रो त्रैमाससम्ममा ६० करोड ९९ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २९ करोड ७२ लाख रुपैयाँ बढी हो । गत वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३१ करोड २६ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो । कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ७ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ ।

सर्वसाधारण सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगेको छ । हाल कम्पनीको जगेडा कोषमा २८ करोड ४१ लाख, जीवन बिमा कोषमा १ अर्ब ४३ करोड ९० लाख र महाविपत्ति जगेडा कोषमा २ करोड ४ लाख रुपैयाँ सञ्चित छ ।

६४ हजार ५६ वटा बिमालेख रहेको कम्पनीले ६३ करोड ४८ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । कम्पनीले १२४ वटा दाबीबापत १ करोड १३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ११ वटा दाबीबापत ९१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८.८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११४.२१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३३.५३ गुणा छ ।

प्रकाशित समय १०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु