गृहपृष्ठ आइएमई लाइफ इन्स्योरेन्स र कञ्चन विकास बैंकबीच सहकार्य

आइएमई लाइफ इन्स्योरेन्स र कञ्चन विकास बैंकबीच सहकार्य

ime-life-insurance-newskarobar

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र कञ्चन विकास बैंक महेन्द्रनगरबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख सुमन तिमिल्सिना र विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विरुराम जैशीले हस्ताक्षर गरे ।

सम्झौतासँगै सर्वसाधारण तथा बैंकका ग्राहकले कञ्चन विकास बैंकको कुनै पनि शाखाबाट छिटोछरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा गराउन तथा जीवन बिमासम्बन्धी जानकारी प्राप्त गर्न सक्ने भएका छन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले हाल ६७ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ भने विभिन्न १० वटा योजना बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजीवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजीवनलगायतका बिमा योजना ल्याएको हो । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका सहरी तथा ग्रामीण भेगका व्यक्तिको समेत जीवन बिमामा पहुँच पुर्याई नेपालमा जीवन बिमा विस्तार गर्नु रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय ०८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु