गृहपृष्ठ विदेशी टिम क्यामरुनको डफिन्ससँग आर्मी स्तब्ध

विदेशी टिम क्यामरुनको डफिन्ससँग आर्मी स्तब्ध

manakamana-goldcup-newskarobar (1)

पहुना टोली क्यामरुनको डफिन्स टिम फेमेलीसँग त्रिभूवन आर्मी क्लब स्तब्ध भएको छ । पोखरामा जारी मनकामना केबलकार पोखरा कपको दोस्रो क्वाटरफाइनल खेलमा ४–१ गोलअन्तरले पराजित गर्दै पाहुना टोली डफिन्सले आर्मीलाई स्तब्ध पारेको हो ।

लिगको चौथो स्थानमा रहेको आर्मीले अग्ला कदका खेलाडीसामु दबाबमा खेल्नु पर्यो । मदन मेमोरियल इटहरी गोल्डकपको उपाधि जितेको त्रिभूवन आर्मीले क्यामरुनी टोलीसँग पराजित हुँदा क्यामरुनी टिमले सेमिफाइनमा यात्रा बनाएको छ । आर्मीका नवयुग श्रेष्ठ, भरत खवासलगायत भरपर्दा खेलाडीबिना मैदानमा उत्रिँदा पाएका केही अवसरसमेत सदुपयोग गर्न सकेन । क्यामरुनी टिमले पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा तीन गोल थप्यो । आर्मीले भने दोस्रो हाफको इन्जुरी समयमा सान्त्वना गोल फर्कायो ।

manakamana-goldcup-newskarobar

खेलमा क्यामरुनी टिमका लागि २ गोल गरेका यानिक ओअना म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिताअन्तर्गत मंगलबार नेपाल पुलिस क्लव र जापानको रिस्सो युनिभर्सिटीबीच तेस्रो क्वाटरफाइनल खेल हुनेछ ।

प्रकाशित समय ०८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु