गृहपृष्ठ आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा महेन्द्रनगरमा

आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा महेन्द्रनगरमा

ime-general-insurance-newskarobar

आइएमई जनरल इन्स्योरेन्सले कञ्जनपुरको महेन्द्रनगरमा शाखा स्थापना गरेको छ । नयाँ शाखाको बुधबार कम्पनीका सञ्चालक समिति अध्यक्ष हेमराज ढकाल र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा महाकाली यातायात समितिका अध्यक्ष डम्बरराज पन्त, कञ्चनपुर हाडवेयर एसोसिएसनका अध्यक्ष दानसिंह ठकुराठी, पवन दुग्ध व्यवसायी समितिका अध्यक्ष निराजनबहादुर मल्ललगायत स्थानीय उद्योगी, व्यवसायी एवं विभिन्न बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीका प्रमुख तथा प्रतिनिधि, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणको उपस्थिति थियो । कार्यक्रममा अध्यक्ष ढकालले आइएमई जनरल इन्स्योरेन्सले बिमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभर शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी गराए ।

कम्पनीले ४४ वटा शाखा तथा उपशाखा र ११ वटा सेवा काउन्टरबाट ग्राहकलाई उच्चस्तरको सेवा प्रदान गरिरहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा अध्यक्ष ढकालले कम्पनीले आफ्नो लक्ष्य निर्धारण गरेको र आउँदो दिनमा सफल र सबल कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडि बढ्ने बताए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आव २०७५÷७६ को माघ २२ गतेसम्ममा करिब ७० करोड बिमा शुल्क आर्जन गरेको, कुल लगानी १ अर्ब ७ करोड रहेको जानकारी दिए । उनका अनुसार कम्पनीमा हाल २५० जनाले रोजगारी पाइरहेका छन् ।

प्रकाशित समय १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु