गृहपृष्ठ विराटनगरमा उद्यमी लक्षित वित्तीय साक्षरता

विराटनगरमा उद्यमी लक्षित वित्तीय साक्षरता

financial-awareness-newskarobar

प्रदेश १ का साना उद्यमीलाई लक्षित गरी विराटनगरमा बुधबार एकदिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको आयोजना तथा एनएमबी बैंकको सहकार्यमा प्रदेश १ का विभिन्न जिल्लाका लघु घरेलु तथा साना उद्यमीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका द्वितीय उपाध्यक्ष चेतन निरौलाले सानो लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गर्नेहरु अझै पनि बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुग्न नसकेको बताए । ‘बैंकले प्रवाह गर्ने ऋण लगानी प्रक्रिया, धितो र सरकारले लक्षित वर्गका लागि उपलब्ध गराउने ऋणका विषयमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्याय, महिला उद्यम समितिकी केन्द्रीय अध्यक्ष मञ्जु उपाध्याय, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेलगायत उदयपुर, झापा, मोरङ र सुनसरी जिल्लाका उद्यमीको सहभागिता थियो । कार्यक्रममा एनएमबी बैंक प्रदेश १ का कर्जा प्रमुख अशोक क्षेत्रीले बैंकका लगानीको सीमा, ऋण लगानीका प्रक्रियालगायतका विषयमा सहभागीलाई प्रस्ट पारेका थिए ।

प्रकाशित समय १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु