गृहपृष्ठ प्रभु लाइफ इन्स्योरेन्सको घोषणा : ५ वर्षभित्र ७५३ वटै स्थानीय तहमा शाखा

प्रभु लाइफ इन्स्योरेन्सको घोषणा : ५ वर्षभित्र ७५३ वटै स्थानीय तहमा शाखा

prabhu-life-insurance-newskarobar

प्रभु लाइफ इन्स्योरेन्सले बुटवलमा शाखा कार्यालय स्थापना गरेको छ । बुटवलको राजमार्ग चौराहामा स्थापना गरिएको शाखा कार्यालयको कम्पनीका अध्यक्ष डा. आत्मराम घिमिरेले उद्घाटन गरे ।

कार्यक्रममा घिमिरेले बिमालाई व्यवसायका रुपमा नभई सेवाका दृष्टि अघि बढाउन प्रभु प्रतिष्ठानले बिमा क्षेत्रमा काम थालेको बताए । हाल १५ प्रतिशत जनतामात्रै बिमाको दायरामा रहेकाले प्रत्येक गाउँ–गाउँमा बिमा कम्पनी पुग्न आवश्यक रहेको उनको भनाइ छ । अध्यक्ष घिमिरेले प्रभु प्रतिष्ठानका अन्य कम्पनीले जस्तै प्रभु लाइफ इन्स्योरेन्सले पनि गुणस्तरीय र छिटोछरितो सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले पाँच वर्षभित्रमा देशका सबै स्थानीय तहमा कम्पनीले शाखा कार्यालय स्थापना गर्ने लक्ष्यसहित काम सुरु गरेको बताए । उनले कम्पनीले श्रीवृद्धि जीवन बिमा र बालबच्चा जीवन बिमा विशेष कार्यक्रम ल्याइसकेको र केही समयमा म्यादी जीवन बिमा विशेष कार्यक्रम ल्याउने जानकारी दिए ।

बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष अनिलप्रसाद श्रेष्ठले बिमा र सुरक्षालाई सँंगै अघि बढाउनुपर्ने बताए । कार्यक्रममा कम्पनीका शाखा प्रमुख प्रकाश अधिकारी र वरिष्ठ अभिकर्ता शोभाखर बञ्जाडेले बिमासँगै बिमितलाई बिमांक रकम उपलब्ध गराउन शाखाले कुनै झन्झट नदिने प्रतिबद्धता जनाए ।

प्रकाशित समय १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु