गृहपृष्ठ सुजुकी इन्ट्रडरको ५० ग्राहकलाई सुकुटे यात्रा
सुजुकी इन्ट्रडरको ५० ग्राहकलाई सुकुटे यात्रा
काठमाडौं- सुजुकी बाइक नेपालमा अत्यन्त रुचाइएको, विश्वसनीय एवं अत्याधिक बिक्रीहुने बाइकहरु मध्येको एक हो । यो बाइकको निर्माता कम्पनी सुजुकी मोटरसाइकल इण्डियाको नेपालको लागिआधिकारिक आयातकर्ता एवं वितरक तथा देशको एक प्रमुख व्यापारिक घराना-विशाल समुहको एक हिस्सा भिजि अटोमोबाइल्सले सुजुकी इन्ट्रडर चलाउने बाइकधनीहरुलाई सुकुटेसम्मको यात्रामा गराएको छ ।
यसको लागि भिजि सुजुकीले देशभरका सबै इन्ट्रडर चलाउनेहरुलाई आव्हान गरेको थियो र जस अनुसार ५० जना चालकहरुले सुकुटेको यात्रा तय गरेका थिए । भिजि सुजुकीले ५० जना निडर एवं साहसी बाइकचालकहरुलाई करिब २ महिना अघिमात्र बजारमा उपलब्ध गराइएको सुजुकी इन्ट्रडरको साथमा धावनमार्गको जस्तो अनुभव दिलाउन र आनन्दको महसुस गर्न एक अवसर प्रदान गरेको थियो ।
बाइक चालकहरुले दुई दिनमा बाइक चलाउँदा माज्जा लिएको बताएका थिए । टेकूबाट यात्रा शुरु भई थापाथली, माइतीघर, नयाँबानेश्वर, सूर्यविनायक, जगाती, साँगा, बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाटको बाटो भएर सुकुटेमा अवस्थित रिभर बे ¥याफ्टिङ एण्ड रिसोर्टमा पुगेर टुंगिएको थियो । सबै भोलिपल्ट त्यही रुटहुँदै काठमाडौं फर्किएका थिए ।
२ दिने कार्यक्रममा बाइक चालकहरुले पौडी प्रतियोगीता, घैंटो फुटाउने (आँखामा पट्टि लगाएर) खेलिने खेलमा भाग लिएका थिए । उनीहरुले लोकप्रिय ब्याण्ड विनय र साथीहरुको साँगीतीक प्रस्तुतिको समेत मज्जा लिएका थिए ।
सबै चालकहरुलाई नेपालको अत्यन्त भिरालो नदी र डरलाग्दो बेग भएको भोटेकोशी बाेटिङ गर्ने अवसर प्रदान गरिएको थियो । भोटेकोशी नदी ट्रिप छोटो समयको ह्वाइटवाटर जलयात्रा गर्न चाहनेहरुकालागि एक उपयुक्त ट्रिप बनेको थियो । भिजि सुजुकीले प्रतियोगीतामा विजयी हुनेहरुलाई विभिन्न पुरस्कारहरु पनि प्रदान गरेको थियो । सबै बाइकचालकहरु मध्येबाट सबैभन्दा अनुशासित बाइक चालकको पुरस्कार नितिन रेग्मीलाई प्रदान गरिएको थियो ।
‘साहसी एवं निडर ५०जना सुजुकी इन्ट्रडर चालकहरुलाई सुकुटेसम्म यात्रा गराउन पाउँदा हामीलाई खुशी लागेको छ,’ भिजि सुजुकीका बजार प्रबन्धक नवराज कोइरालाले भने, ‘यो सहभागीहरुका लागि सुकुटेसम्म बाइक चलाउनुको एक आनन्दित र साहसिक यात्राको अनुभूति बटुल्ने अवसर थियो ।’ सुजुकी इन्ट्रडर-यात्रा सुकुटेले रोमाञ्चकताः नदेखिएका र चर्चामा नआएका नेपालका अलौकिक स्थानका मनमोहक दृश्यावलीहरुलाई उजागर गरिदिएको उनले बताए । इन्ट्रडर बाइकका चालकहरु सँधैं कौतुहलता र साहसिक यात्रासँग जोडिने उनको विश्वास छ ।
प्रकाशित समय ०९:२० बजे

















