गृहपृष्ठ स्पर्स लघुवित्तको समिक्षा गोष्ठि
स्पर्स लघुवित्तको समिक्षा गोष्ठि
काठमाडौं- स्पर्स लघुवित्त वित्तीय संस्थाको तेश्रो त्रैमासिक समिक्षा तथा आगामी आव २०७५÷०७६ को बजेट निर्धारण सम्बन्धी गोष्ठि सम्पन्न गरेको छ ।
गोष्ठिको उद्घाटन जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले गरेका हुन । उनले शाखा प्रबन्धक तथा केन्द्रीय कार्यालयमा कार्यरत विभागीय प्रमुखलाई इमान्दारी पुर्वक काम गर्दै संस्थाले दिएको लक्ष्य हासिल गर्न सुझाव दिए ।
संस्थाका संस्थापक संचालक डा.सुरेन्द्र न्यौपाने तथा स्वतन्त्र संचालक मेघराज गजुरेल र प्रमुख कार्यकारी अधिकृत सजल खड्काले गोष्ठिको उद्देश्य प्रष्टयाउदै शाखा प्रबन्धकलाई लक्ष्य अनुसार प्रगती हासिल गर्न, अध्ययनशील भई आफ्नो क्षमता विकास गर्न र आफु मातहतका कर्मचारीलाई राम्रो संस्कारको विकास गर्नुपर्ने कुरामा जोड दिए ।
प्रकाशित समय ०९:११ बजे