गृहपृष्ठ नेपाल इन्फ्रास्ट्रक्चर बैंक स्थापना गर्न सैद्धान्तिक सहमति

नेपाल इन्फ्रास्ट्रक्चर बैंक स्थापना गर्न सैद्धान्तिक सहमति

काठमाडौं- सरकारले सार्वजनिक निजी–साझेदारीको प्रारुप अनुरुप पुर्वाधार विकास बैंक स्थापना गर्ने सैदान्तिक सहमती दिएको छ ।
नेपा राष्ट बैकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले सैद्धान्तिक सहमति एवं सिफारिश समितिका पदाधिकारीलगायत बैंकमा संचालक समितिकोे उपस्थितीमा राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले सैद्धान्तिक सहमतिपत्र प्रदान गरेका हुन ।
बैकको चुक्तापुँजी २० अर्ब रुपैयाँ रहेको छ । जसमध्ये संस्थापक समुहको तर्फबाट १२ अर्ब र सर्वसाधारण समुहको तर्फबाट ८ अर्ब रुपैयाँ शेयर पुँजी रहने छ । बैंकमा नेपाल सरकारको तर्फबाट १० प्रतिशत, संस्थापकको तर्फबाट ५० प्रतिशत र सर्वसाधारण जनताको तर्फबाट ४० प्रतिशत शेयर रहेको छ ।
सैद्धान्तिक सहमति प्राप्त भएको मितिले ६ महिनाभित्रमा बैंक सञ्चालन गर्न आवश्यक पूर्वाधार जुटाई वित्तीय कारोबार गर्ने अनुमतिका लागि निवेदन नेपाल राष्ट्र बैंकमादर्ता गराउनुपर्नेव्यवस्था रहेको छ । बैकमा सरकार लगायत देशका विभिन्न वाणिज्य बैक, बिमा कम्पनीहरु तथा निजी क्षेत्रको लगानीरहेको छ ।

प्रकाशित समय ०९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु